नेपाली बजारमा सुनको मूल्य आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ८, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार चार सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

हिजो सोमबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ५०० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस